५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

महाकाली नदीमा बेवारिसे शव फेला

१८ भाद्र, काठमाडौँ । कञ्चनपुरमा बेवारिसे शव फेला परेको छ । सोमबार साँझ जिल्लाको भीमदत्त नगरपालिका-९ व्रह्मदेवस्थित खल्ला जाने बाटो नजिक महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा शव फेला परेको हो । नाम, थर, वतन खुल्न नआएको अन्दाजी ३५/४० वर्षका पुरुषको शव फेला परेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्