५ आश्विन २०८१, शनिबार
समाचार समाज

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

१९ भदौ, काठमाडौं ।दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका-१ साङपाङमा बरभगे भिरबाट लडेर स्थानीय करिब ४५ वर्षीय उदयसिंह ठगुन्नाको मृत्यु भएको हो ।

स्थानीय प्रेम बडालका अनुसार बुधबार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्