५ आश्विन २०८१, शनिबार
समाचार समाज

धनगढीमा क्रिकेट प्रतियोगिता हुने

१९ भाद्र  धनगढी- कैलालीको धनगढीमा  क्रिकेट प्रतियोगिता हुने भएको छ । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता असोज १ गतेदेखि हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद ४० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट बलर र ब्याट्स म्यानले समान नगद २५ २५ सय पाउनेछन् । प्रतियोगिता धनगढी-१ पशुपति टोलमा रहेको खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्