१२ मंसिर २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

सबैको सहमतिमा संविधान संशोधन हुन्छ: गृहमन्त्री लेखक

२० भाद्र, काठमाडौँ ।   गृहमन्त्री रमेश लेखकले सबैको सहमतिमा संविधान संशोधन हुने भएकाले यसका बारेमा शङ्का नगर्न आग्रह गर्नु भएको छ ।

संविधान संशोधन गरेर राजनीतिक स्थिरता कायम गर्न काङ्ग्रेस र एमालेबीचमा सहमति भएर यो सरकार बनेको भन्दै गृहमन्त्री लेखकले सबै राजनीतिक दलको सहमतिमै संविधान संशोधन हुने बताउनु भएको हो ।

नेपाल प्रेस युनियनले कञ्चनपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले गणतन्त्र, सङ्घीयता र समावेशी चरित्रमा कुनै प्रभाव नपर्ने र सबैलाई स्वीकार्य हुनेगरि संविधान संशोधन हुने बताउनु भएको हो ।

एक अर्को प्रसङ्गमा उहाँले निर्मला हत्याकाण्ड अनुसन्धानकै क्रममा रहेको र यसलाई आफूले गम्भीर रुपमा लिएको भन्दै यो हत्याकाण्डलाई सघन रूपले अगाडि बढाएको बताउनुभयो ।

उहाँले गिरीबन्धु, भुटानी शरणार्थी, सुनकाण्डलगायतका विषयहरूको कानुनी रुपमा समाधान हुने बताउनु भएको छ । मझगाउँ विमानस्थल बिस्तारको काम जारी रहेको भन्दै गृहमन्त्री लेखकले थप जमिन लिने प्रकृया अगाडी बढाइएको बताउनुभयो । दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको काम पनि अगाडि बढिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्