५ आश्विन २०८१, शनिबार
राजनीति समाचार

सोविता गौतमले भनिन् : जता सरकार कर्मचारी उतै ढल्किए

२० भदौ,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जता सरकार उतै कर्मचारीतन्त्र ढल्किएको दाबी गरेकी छन् ।बिहीबार संविधान निगरानी समूहद्वारा आयोजित सरकारको अभ्यास र शासकीय प्रभाव विषयमा बोल्दै उनले संविधान जारी भएको १० वर्षमा पनि कार्य नयनको अवस्था कमजोर भएको पनि बताइन ।उनले भनिन, ‘नेपालमा जसको सरकार बन्यो उसै तीर कर्मचारीतन्त्र ढल्किने गरेको छ । यो पनि समस्या हो ।’

संविधानको पूर्ण कार्यान्वयन नै नभई संशोधन गर्नुपर्ने विषय पेचिलो भएको  भन्दै उनले भनिन, ‘संविधान कार्यान्वयन नै नभई संशोधन गर्नुपरेको बहस चलेको छ । यो विडम्बना हो ।’

थ्रेसहोल्ड बढाउने विषयमा पनि सरकारले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्