४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

अफगानिस्तानमा १ लाख बढी लागुऔषध प्रयोगकर्ता अस्पतालमा भर्ना

२३ भाद्र,  काबुल  । अफगानिस्तानमा एक लाख २२ हजार लागुऔषध प्रयोगकर्ताहरू अस्पतालमा भर्ना भएका छन् ।

अफगानिस्तान काउन्टर–नार्कोटिक पुलिसले विगत तीन वर्षमा ७८ हजार अपरेशन सञ्चालन गरेको थियो । अफगानिस्तानको काउन्टर नार्कोटिक्स पुलिस (सिएनपिए) नेशनल पुलिसको कमान्डअन्तर्गत मुलुकमा लागूऔषधसँग सम्बन्धित अनुसन्धान र अपरेसनहरू सञ्चालन गर्ने विशेषज्ञ बल हो । यसमा २० हजार लागुऔषध संदिग्धहरू पक्राउ परेका देशको काउन्टर नार्कोटिक्स विभागका उपप्रमुख मुल्लाह अब्दुल हक हमकरले बताए ।

हमकरका अनुसार अफगानिस्तान काउन्टर नार्टोटिक पुलिसले पनि यस अवधिमा देशभर एक हजार चार सय ५० लागुऔषध प्रयोगशाला र ३७ हजार अफिम खेती नष्ट गरेको छ ।

अफगानिस्तानको कार्यवाहक सरकारले लागुऔषधको खतरा हटाउन अफिम खेती, लागूपदार्थको प्रशोधन र लागूऔषध ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्