४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

डोटीमा कोदालो प्रहार गरी भाइले गरे दाइको हत्या

२४ भाद्र,  डोटी । डोटीमा भाइले कोदालो प्रहार गरी दाइको हत्या गरेका छन् ।

जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ६ डाँडा गाउँ बस्ने वर्ष ५५/५६ का नर बहादुर जोराले आफ्नै सहोदर दाइ वर्ष ६५/६६ का गणेश बहादुर जोरालाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख भिमलाल भट्टराईले जनाएका छन् ।

घरायसी विवादका कारण झगडा हुँदा सोमबार दिउँसो करिब ३ बजेतिर कोदालोले टाउकोमा हानी घटनास्थलमै हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न नर बहादुर जोरालाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्