४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

मेलम्ची खानेपानी आयोजनामा सचिवसहित ४ जना दोषी ठहर, १० जनाले पाए सफाइ

२४ भाद्र, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा सचिवसहित ४ जना दोषी ठहर भएका छन् । १० जनाले सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र  मुरारी बाबु श्रेष्ठको इजलासले सोमबार तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई दोषी ठहर र १० जनालाई सफाइ दिएको हो ।

यसमा तत्कालीन सचिव ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर भएका छन् भने पूर्वसचिव भीम उपाध्यायसहित १० जनाले सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्