४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

मोटरसाइकलको ठक्करबाट बालक घाइते

२५ भाद्र, धनगढी । कैलालीको गोदावरीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्।

गोदावरी नगरपालिका–११ मा मनिष बिकले चलाएको से ६ प ८९८३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोहि ठाउँका ५ वर्षीय बालक सम्राट बडैला घाइते भएका हुन । बालकको निधार र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

बालकको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्