४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार स्वास्थ्य

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

२५ भाद्र , काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा तीन हजार ६१९ जना सङ्क्रमित छन् । बागमती प्रदेशमा १ हजार ९११ जना, कोशीमा ८८५ जना, मधेसमा १२८ जना, लुम्बिनी प्रदेशमा ५४५ जना, कर्णालीमा ११७ जना र सुदूरपश्चिममा ४३५ जना डेंगु सङ्क्रमित छन् ।

गत माघ दोस्रो सातायता फैलिएको डेंगु हुम्ला र मुस्ताङबाहेकका सबै जिल्लामा फैलिएको ईडीसीडीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्