४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

आइसिसी विश्वकप लिग-२: राष्ट्रिय टोलीको बिदाइ

२५ भाद्र , काठमाडौँ ।  आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्नका लागि आज राति क्यानडा जाने राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरिएको छ ।

क्यानडामा हुने सो शृङ्खला भदौ ३१ देखि सुरू हुनेछ ।

असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० शृङ्खला सुरु हुनेछ। दुवै शृङ्खलामा नेपालले चार-चार खेल गरी कुल ८ वटा खेल खेल्नेछ ।

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को शृङ्खला खेल्नेछ।

अक्टोबरमा हुने शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय टोलीका प्रशिक्षक मोन्दी देशाईले नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।।

प्रतिक्रिया दिनुहोस्