४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौँकाे निलगिरी गेस्ट हाउमा एक जना मृत फेला

२५ भाद्र , काठमाडौँ ।  अलग अलग ठाउँमा दुई जना मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जना गरी दुई जना मृत फेला परेका हुन् ।

निलगिरी गेस्टहाउमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशी कुमार लाल कर्णको शव भेटिएको छ । कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा नामथर तथा वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्