४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

केदार कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटायो

काठमाडौँ । कोशी प्रदेशका पुर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटाएको छ ।

१० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निःशुल्कलगायतका माग राखेर अनशन बसेका कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटाएर उनकै निवासमा छाडी दिएको हो ।

निषेधित क्षेत्रमा अनसन बसेका कारण प्रहरीले अनशन स्थलबाट हटाएर सुरक्षित रूपमा उनकै निवासमा छाडीदिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई जानकारी दिए ।

कार्कीले अनशन बस्ने तयारी गरेको स्थानलाई स्थानीय प्रशासनले आज दिउसो नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्