३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय पर्यटन मुख्‍य समाचार समाचार

उतर–पश्चिमी चीनमा रोमान्चक ‘गहुँको ढुङ्गा पहाड’

२८ भदौ, एजेन्सी । विश्व सम्पदा सूचीमा सूचिकृत उतर–पश्चिमी चीनको कानसु प्रान्तीय थ्यानश्वी माइचिशान पहाडी गुफा निकै चर्चित मानिन्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त गुफाको अवलोकन भ्रमण गर्दै त्यहाँ देखिएका मौलिक र ऐतिहासिक कलाकृत्तिका बारेमा प्रशंसा गरे ।

माइचिशान गुफाको इतिहास १६ यसय वर्षभन्दा पूरानो छ । उक्त गुफा चीनका चार प्रसिद्ध गुफाहरूमध्येको एक र पूर्वीय कुँदाइ कलाको प्रदर्शन पनि मानिएको छ ।

उक्त स्थानमा २२१ गुफा, १० हजार ६००भन्दा बढी मूर्ति र एक हजार वर्गमिटरभन्दा बढी भित्तेचित्र छन् । भ्रमणका क्रममा राष्ट्रपतिले परम्परागत संस्कृतिको संरक्षणको महत्त्वमा जोड दिंदै ऐतिहासिक स्थलको संरक्षण गर्न नवीन विधिहरू प्रयोग गर्न आग्रह गरे ।

उक्त उफा निकै विचित्रको मानिन्छ । गहुँको थुप्रो जस्तो देखिने पहाडमा खैरो रंगका चट्टानहरु देखिन्छन् । त्यसलाई चिनियाँ भाषामा ‘माइजिशान’नाम दिइएको छ, जसको अर्थ चिनियाँ भाषामा ‘गहुँको ढुङ्गा पहाड’ हो । जहाँ बर्षेनी हजारौं पर्यटकहरु पुग्ने गरेका छन्

प्रतिक्रिया दिनुहोस्