Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

राताे कागज स‌‌वाददाता
7 महिना अघि

१ असाेज,  डडेल्धुरा ।  डडेल्धुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंह विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा  सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन र नियुक्ति हुनका लागि उनले इन्टरमिडियट र स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारीका अनुसार सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा  १० बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा  १० बमोजिम कैद र जरिवानाको माग दाबी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया