२ कार्तिक २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बढ्दैछ अन्तरिक्ष सयरको ट्रेण्ड, यस्तो छ खर्च र तयारीको हिसाबकिताब

१ असोज,

जारेड आइसाकम्यान इलेक्ट्रोनिक पेमेन्ट कम्पनी ‘फोर डट इन’ का संस्थापक हुन् । सारा चाहिं स्पेसएक्स कम्पनीमा इन्जिनियरको रुपमा कार्यरत छिन् ।

अर्बपति आइज्याकम्यानले नै उक्त मिशनको सम्पूर्ण खर्च व्यहोरेका थिए । यात्राको सफल समापन भयो । उनीहरूले अन्तरिक्षमा सफलतापूर्वक स्पेसवाक गरे । स्पेसवाक गर्दै गर्दा जारेडले भनेका थिए, ‘हामीलाई घर फर्केर धेरै काम गर्नुछ, तर जहाँ म छु, यहाँबाट पृथ्वी एक सुन्दर संसार देखिन्छ।’

यो सफलतासँगै अन्तरिक्षयात्रामा नयाँ युगको सुरुआत भएको छ र अब आगामी दिनमा अन्तरिक्ष पर्यटन झनै फस्टाउने देखिन्छ। यहाँनेर स्वभाविक रुपमा प्रश्न उठ्छ कि आखिर एकजना सर्वसाधारण कसरी अन्तरिक्षमा स्पेसवाक गर्न सक्छ र यस कामको लागि कति खर्च लाग्छ ?

स्पेसवाक गर्नका लागि अरबौं रुपैयाँ खर्च गर्नुपर्छ, किनकि यसमा धेरै कुराहरू सामेल हुन्छन् । तर, जहाँसम्म स्पेसएक्सको ड्रयागन क्याप्सुलको कुरा छ, यसको एउटा सिटको मूल्य करिब पाँच करोड ५० लाख डलर पर्छ ।

अन्तरिक्षमा यात्रा गर्ने र स्पेसवाक गर्ने काम यतिधेरै महँगो यसकारण छ कि यसमा प्रशिक्षण, शरीरअनुसार स्पेस सूट तयारी तथा शारीरिक क्षमता विकासलगायतमा हुने खर्च समेत समावेश छ ।

कसले जान सक्छ…

सिर्फ त्यही व्यक्ति अन्तरिक्षमा जानका लागि पहलकदमी गर्न सक्छ, जसलाई नासा वा उसलाई लैजाने स्पेस कम्पनीले चयन गर्छ । तर, यसमा व्यक्तिको सीप, अनुभव र शारीरिक फिटनेसमा धेरै ध्यान दिइन्छ ।

नासा, स्पेसएक्स वा कुनै अन्य कम्पनीको अन्तरिक्षयानमा चढेर अन्तरिक्षयात्रामा जान सकिन्छ । रकेटको मद्दतले यानलाई अन्तरिक्षमा पठाइन्छ । त्यसपछि अन्तरिक्षयात्रीहरू बाहिर निस्किएर स्पेसवाक गर्छन् । त्यसक्रममा उनीहरू क्याप्सुलसँग डोरीले बाँधिएका हुन्छन्। त्यही प्रक्रिया स्पेस स्टेशनमा पनि हुन्छ।

प्रशिक्षणमा के हुन्छ ?

अन्तरिक्षका विषम परिस्थितिहरूलाई सामना गर्नका लागि कठोर शारीरिक प्रशिक्षण गराइन्छ र शारीरिक क्षमता सुधार गरिन्छ ।

स्पेसवाकसँग सम्बन्धित प्राविधिक र वैज्ञानिक प्रक्रियाहरूको ज्ञान दिइन्छ । त्यसक्रममा स्विमिङ पुलमा स्पेसवाकको प्रशिक्षण दिइन्छ । साथै, भर्चुअल रियालिटी कार्यक्रमहरू मार्फत पनि प्रशिक्षण हुन्छ। आकस्मिक अवस्थामा बाँच्नका लागि आपतकालीन प्रशिक्षण समेत गराइन्छ र मिशनको उद्देश्य पनि बुझाइन्छ ।

अन्तरिक्षको जस्तै वातावरण सिर्जना गरेर पनि सिमुलेसन गराइन्छ अर्थात दुरुस्त वातावरणामा स्पेसवाकको अभ्यास गराइन्छ ।

यात्रीहरुलाई उपकरणहरूको जाँच गर्ने तरिका सिकाइन्छ । टोलीका सदस्यहरूसँग राम्रो समन्वय र मिशन नियन्त्रणमा कामका बारेमा पनि प्रशिक्षण दिइन्छ ।

वास्तवमा अन्तरिक्षमा हिंड्नु भनेको एकदम जटिल र कठिन प्रक्रिया हो । यसमा सँगै गएको टोलीसँग राम्रो समन्वय आवश्यक त हुन्छ नै साथै, शारीरिक-मानसिक तन्दुरुस्ती र प्राविधिक ज्ञान पनि महत्त्वपूर्ण रहन्छ ।

प्रतिक्रिया दिनुहोस्