३ आश्विन २०८१, बिहीबार
समाचार समाज

कैलालीमा फूल गुच्छासहित एकजना पक्राउ

१ असोज, काठमाडौँ ।  कैलालीमा अवैध सामानसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ कैलारी गाउँपालिका-५ पबेराबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख मूल्य बराबरको फूल गुच्छासहित धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने ३६ वर्षीय शंकर सिंह विष्ट पक्राउ परेका हुन् ।

उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको गस्ती टोलीले आवश्यक प्रक्रिया पूरा गरी उक्त फूलगुच्छासहित नियन्त्रणमा लिएको जनाएको छ ।

सोमबार नै भजनी नगरपालिका-३ ठेकीपुलबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २२ हजार १ सय मूल्य बराबरको स्पिकर, स्पिकरको ज्याक तार, पावर प्लक लगायतका सामानहरु इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्