३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

फोनको सुपरस्टार टेक्नो स्पार्क गो वान नेपाली बजारमा

काठमाडौं । स्पार्क गो वानले टेक्नो स्पार्क गो वान ब्रान्डको नयाँ फोन बजारमा ल्याएको छ ।

स्टाइलिश स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार, टेक्नो स्पार्क गो वान बजारमा ल्याएको हो । यो स्मार्ट फोनको बजार मुल्य ११ हजार ९ सय ९० तोकिएको छ । जसले गर्दा ग्राहकहरुले सस्तो र सुलभ सुलभ मुल्यमा स्मार्ट फोनको प्रयोग गर्न सक्ने छ । स्पार्क गो वान अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

जुनसुकै अवस्थामा निरन्तर स्क्रोलिङका लागि १२० हर्ट्जसम्मको रिफ्रेस दर, लाइटनिङ(फास्ट मल्टिटास्किङका लागि ८ जीबी र्याम, र बूमिङ, क्रिस्टल क्लियर अडियो सहितको डुअल स्टेरियो स्पिकरहरू सहितको स्पार्क गो वानमा विशेषता रहेको कम्पनीले जनाएको छ ।

स्पार्क सिरीज, यसको विरासतलाई कायम राख्दै चार वर्ष भन्दा माथिको सुस्तता रहित कार्यसम्पादनको संकल्पका साथ, पहुँचयोग्य प्रविधि र स्थायित्वको उत्तम फ्युजनका रुपमा तयार गरिएको कम्पनीको भनाई छ । ५० भन्दा बढी सेवा केन्द्रहरू भएको टेक्नोले स्मार्टफोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठूलो सपोर्ट नेटवर्क बनेको छ।
टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले फोनको सुपरस्टारको रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गरेको बताए । उनले यस्तो स्मार्टफोन भएकोले आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेको बताए ।

स्पार्क गो वान प्रयोगकर्ताहरूको अपेक्षा, दैनिक प्रयोगको लागि बेजोड गति, सहजता र उपयोगिता प्रदान गर्दै, टेक्नो स्पार्क गो वान गुणस्तर वा नवीनतामा कुनै सम्झौता नगरी प्रयोगकर्ताहरूको दैनिक जीवनमा सहज बनाउने प्रतिबद्धताको प्रमाण भएको उनको भनाई थियो ।

टेक्नो स्पार्क गो वानले स्मार्टफोनको कार्यसम्पादनमा नयाँ बेन्चमार्क सेट गर्छ, जसले चार वर्षभन्दा बढीको सहज र निरन्तर कार्यसम्पादन प्रदान गर्दै, आफ्नो श्रेणीमा नयाँ मानक स्थापित गर्दछ। स्थायित्व र स्थिरताका लागि ईन्जिनियर गरिएको, यसले पहिलो दिनदेखि ५० महिनासम्म र त्यसपछिको खण्डमा अरूलाई पछाडि पार्दै भरपर्दो प्रयोगको अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

सेगमेन्ट १ देखि १२० हर्ट्ज रिफ्रेस रेट डिस्प्लेको साथ, टेक्नो स्पार्क गो १ ले अल्ट्रा स्मूथ स्क्रोलिङ र सिमलेस मिडिया अनुभवहरू प्रदान गर्दछ। ब्राउज गर्दा फोटोहरु फ्लिप गर्दा वा निरन्तर मुभी हेर्दा पनि यसमा सबै कुरा सहजै प्रवाह हुन्छ । झन्झट मुक्त डिजिटल गतिविधिका लागि यो उत्कृष्ट रोजाइ भएको कम्पनीले जनाएको छ ।
८ जिबी र्याम भएको स्पार्क गो वानले सुपर फास्ट मल्टिटास्किङ र सहज एप स्विचिङ प्रदान गर्ने कम्पनीले जनाएको छ ।

टेक्नो स्पार्क गो वानले ८ जीबी र १२८ जीबी सम्मको लागि रु ११,९९० देखि कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रीन रंगहरुमा उपलब्ध गराएको छ।
साथै १०० दिनसम्मको रिपेल्स्मेन्ट ग्यारेन्टी र १२ं१ महिनाको वारेन्टी पनि उपलब्ध छ।

टेक्नो ७० भन्दा बढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो। यसको सुरुवात भएदेखि नै, टेक्नोले उदीयमान विश्व बजारहरूमा उल्लेखनीय डिजिटल अनुभव प्रदान गर्दै आएको छ । यसले नवीनतम प्रविधिहरू, आकर्षक डिजाइनका लागि निरन्तर जोड दिँदै आएको छ। टेक्नोले स्मार्टफोन,स्मार्ट वियरेबल्स, ल्यापटप, ट्याब्लेट अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूका बस्तुहरु उत्पादन गर्दै आएको छ ।

“स्टप एट नथिङ” भन्ने नाराका साथ टेक्नो उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाउको छ।

प्रतिक्रिया दिनुहोस्