३ आश्विन २०८१, बिहीबार
राजनीति समाचार समाज

बैतडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

२ असोज, बैतडी । बैतडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरीले बताएको छ ।

बैतडीसहित तराइँबाट दार्चुलाका लागि छुटेका सवारी साधन र दार्चुलाबाट अन्यत्रका लागि छुटेका सवारी साधन बिच बाटोमै रोकिएका छन् ।

आज दिउँसो खसेको पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्