३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

कैलालीमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा घाइते भएका सुनिलको मृत्यु

२ असोज, काठमाडौं । कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घाइते भएका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका-१ का सुनिल डंगौराको मृत्यु भएको प्रहरीले बताएको छ ।

बुधबार गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुदूरपश्चिम प्रदेश०१ ०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । डंगौराको उपचारका क्रममा मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार महेन्द्र चौधरीको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।

स्कारपियो चालक गोदावरी-६ का ३४ वर्षीय भोजलाल चौधरीलाई नियन्त्रणमा लिइएको मालाखेती प्रहरीका डिएसपी गंगाबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्