३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

तीन कम्युनिष्ट पार्टीबीच एकता घोषणा

२ असोज, काठमाडौँ । तीन कम्युनिष्ट पार्टीहरूले एकता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (बहुमत), कम्युनिष्ट पार्टी, नेपाल र कम्युनिष्ट को-अर्डिनेशन केन्द्र, नेपालबीच एकता घोषणा भएको प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।

जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक पद्धति एवम् एकता-संघर्ष-रूपान्तरण सम्बन्धी सर्वहारा सांस्कृतिक क्रान्तिको माओवादी पद्धतिलाई दृढ आत्मसात गर्दै पार्टीका केन्द्रीय तहहरू महाधिवेशन आयोजक समिति र केन्द्रीय सल्लाहकार समितिमा जिम्मेवारी ठोस गरिएको र यो प्रक्रियालाई जिल्ला, स्थानीय तहसम्म सम्पन्न गर्ने प्रतिबद्धता रहेको को-अडिैनेसन केन्द्रका संयोजक सुरेन्द्र कार्की, कम्युनिष्ट पार्टीका संयोजक डिबि सर्वश्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाद्वारा जारी संयुक्त वक्तव्यमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्