४ आश्विन २०८१, शुक्रबार
प्रवास मुख्‍य समाचार समाचार समाज

अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्समा नयाँ नेतृत्व

सिड्नी । अस्ट्रेलियामा छरिएर रहेका शैक्षिक परामर्शदाताहरुको साझा संगठन अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एक्का)को नयाँ नेतृत्व चयन भएको छ। जसको अध्यक्षमा कोमलराज पाठक चयन भएका छन् ।

सिड्नीमा सम्पन्न एक्काको सातौ साधारणसभाले पाठकको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा चुडामणी सिलवाल, सत्यप्रकाश कंडेल र शंकर धरेल निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे, कोषाध्यक्षमा भुवनहरि पाण्डे निर्वाचित भएको एक्काले जनाएको छ ।

त्यस्तै कार्यसमिति सदस्यमा अनिश पुरी,अर्जुन थपलिया, भुमि सुवेदी, सुनिल सिग्देल, अरूण गौतम, दिपक पौडेल,सागरकुमार शर्मा, सुमन अधिकारी निर्विरोध चयन भएको एक्काले जनाएको छ । एक्काले व्यवसायिक हकहित र विभिन्न समयमा शैक्षिक मेलाहरु आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्