४ आश्विन २०८१, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

कला, साहित्यले समाजलाई सभ्य बनाउँछ : मन्त्री भण्डारी

४ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक कला संस्कृतिहरुले समाजलाई सभ्य बनाउने बताएका छन् ।

उपमा सञ्चार समूहले काठमाडौंमा आयोजना गरेको श्रष्ठा सम्मान कार्यक्रममा बोल्दै उनले कलाकारहरुका राम्रा श्रृजनाले समाजलाई सहि बाटोमा डोहोर्याउन मदत पुर्याएको बताएका हुन् ।

उनले भने, ‘कलाकारका श्रृजनाहरुलाई सबैले मन पराउँछन् । तपाईहरुका कयौं प्रतिभाहरु उच्च प्रशंसा गर्न लायक छन् । कला साहित्य हाम्रो पहिचान हो । तपाईंका श्रृजनाहरुले मनोरञ्जन प्रदान गर्नुका साथै समाजलाई सहि मार्गमा डोहोर्याउन मदत पुर्याएको छ । आम जनताको मन मस्तिस्कमा बस्ने श्रृजनाहरु ल्याउनुस् मेरो शुभकामना छ । तर कतिपय गीतहरु पारिवारिक माहोलमा सुन्न नसकिने खालका छन् । यसलाई निरुत्साहित गर्नुस् ।’

उपमा सञ्चार समूहले दुई दर्जन बढी कलाकारहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ । कलाकारको प्रतिभाहरुको उच्च कदर गर्दै एक समारोहका बिच सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्