४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

पाठ्यक्रम परिमार्जनबारे विज्ञहरूसँग छलफल गर्दै शिक्षा मन्त्रालय

४ असोज, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको पाठ्यक्रममा व्यापक परिमार्जनको तयारी गरेको छ । त्यसका लागि मन्त्रालयले विज्ञहरूसँग छलफल गर्ने भएको छ । असोजको दोस्रो साता विज्ञहरूसँग छलफल गर्न लागिएको शिक्षामन्त्री विद्या भट्टराईले बताइन् ।

पाठ्यपुस्तक भन्दा पनि पाठ्यक्रमलाई व्यवहारिक बनाउन परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि परिमार्जनको आधार पहिचान गर्न विज्ञहरूसँग छलफल गर्न लागिएको मन्त्री भट्टराईले बताइन् ।

शिक्षा पत्रकार समूहको २५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री भट्टराईले पाठ्यक्रम परिमार्जनको लागि केही सर्वेक्षण गरेर तथ्यांक समेत आइसकेको बताइन् । कक्षा १० को मात्र नभई आधारभूत तहदेखि नै परीक्षाको मूल्यांकन व्यवस्थित गर्न पाठ्यक्रम नै परिमार्जन गर्नुपर्ने बताइन् ।

शिक्षा राज्यको दायित्व भनिएको तर त्यसको जिम्मा शिक्षकलाई दिइएको उनको भनाइ छ । त्यसका लागि शिक्षक कस्तो हुने भन्ने केही नभएको उनले बताइन् ।

निःशुल्क तथा अनिवार्य शिक्षा ऐनले निःशुल्क गरे भनेको तर, त्यसको तयारी नै नगरेको उनको भनाइ छ । सरकारले ऐनको जिम्मेवारी नै नलिएको उनले बताइन् । सरकारले विद्यालय शिक्षाको जिम्मा लिनुपर्ने र त्यसका लागि स्थानीय तहको अधिकार खोस्ने नभई सक्षम, समृद्ध बनाउनुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्