राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर विडम्बना
काठमाडौं । नेकपा एमालेका कार्यबाहक अध्यक्ष ईश्वर पोखरेलले राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर विडम्बना भएको बताएका छन् ।
आइतबार बृहत नाट्यग्रन्थ नेपाली नाट्यविमर्श लोकार्पण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिको नाममा जहाँ पनि राजनीति घुसाउनु ठिक नभएको बताएका हुन् ।
उनले भने, ‘नेपालमा जुन क्षेत्रमा पनि राजनीति हुने तर राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर विडम्बना हो । यस्तो स्थिति बनेको छ अहिले । राजनीति त चाहियो तर सहि राजनीति चाहियो । यो राजनीतिको नाममा जहाँ पनि राजनीति घुसाउनु ठिक होइन । ’
यस्तै उनले नेपाली पहिचानको रक्षाको लागि साहित्य क्षेत्रले महत्व राखेको बताए । उनले नेपाली समाज, नेपाली सांस्कृतिकसँग साहित्य क्षेत्र सम्बन्धित भएको बताए ।
उनले भने, ‘आजको कार्यक्रम नेपाली नाट्य विधामा मात्र नभएर नेपाली समाज, नेपाली साहित्य, सांस्कृतिकसँग सम्बन्धित छ । नेपाली पहिचानको रक्षा समेतको लागि महत्व राख्ने विषयका रुपमा साहित्यलाई लिएको छु ।’
यस्तै उनले बृहत नाट्यग्रन्थ नेपाली नाट्य विमर्श जस्ता कार्यक्रमले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा पहिचान गराउने र चिनाउने सवालमा महत्वपुर्ण भूमिका खेलेको बताए ।
उनले भने, ‘नेपालको इतिहासको बारेमा वस्तुनिष्ट ढंगले सहयोग पुर्याएको छ । नेपाली पहिचानको रक्षा गर्नुपर्छ भन्ने एउटा जवरजस्त भाव यसले दिएको छ ।’
प्रतिक्रिया दिनुहोस्