६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रवि लामिछाने आज पक्राउ नपर्ने

६ असाेज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुराहरू हल्ला मात्रै भएको प्रहरी स्रोतले जनाएको छ ।

रविलाई चाँडै पक्राउ गर्ने तयारी भने रहेको प्रहरीको भनाई छ । जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिने स्रोतले बताएको छ ।

गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीलाई जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्