६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउन काँग्रेसले नेतृत्व गर्नुपर्छ : देउवा

६ असाेज, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा काँग्रेस महिला विभागले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै समाजलाई अघि बढाउन काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उनले कुनै पनि अवस्थामा मुलुक समावेशी समानुपातिक प्रणालीबाट पछि हट्न नसक्ने धारणा राखे । उनले भने, ‘समानुपातिक र प्रत्यक्ष चुनावमा केही समस्या छन्। तर समावेशी अति आवश्यक पनि छ। यो देशमा समावेशी प्रणाली मात्रै होइन, समावेशी सोसाइटी छ‚ यसलाई अझ बढी पारदर्शी मात्र होइन, उत्तरदायी बनाउनु पर्छ।’

मुलुकको निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउन नसक्ने देखिए पनि आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत ल्याउने गरी तयारी गर्नुपर्ने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्