६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

चट्याङ लागेर एक बालिका घाइते

६ असाेज, काठमाडौँ । बैतडीमा चट्याङ लागेर एक बालिका घाइते भएकी छन् । डिलाशैनी गाउँपालिका-४ मल्ला जोखल्लीमा शनिबार राती चट्याङ लागेर शंकर नेगीकी ३ वर्षीया छोरी घाइते भएकी हुन् ।

चट्याङले नेगीले पालेका ३ चौपाया (भैँसी, गाई र एक बाख्रो) मरेका र उनकी छोरी पनि घाइते भएकी आफन्त अनिल नेगीले बताए । चट्याङका कारण घरको विद्युत लाइन पनि सर्ट भई घरमा पनि क्षति पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्