७ आश्विन २०८१, सोमबार
अन्तराष्ट्रिय खेलकुद विशेष समाचार समाचार

आइसिसी विश्व कप लिग-२: नेपालको लगातार तेस्रो हार

७ असाेज, काठमाडौँ ।पालले आइसिसी विश्व कप लिग-२ को तेस्रो खेलमा पनि हार बेहोरेको छ । आज विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल पाँच विकेटले पराजित भएको हो ।

१८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो ।

क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाएको थियो ।

टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । सन्दीपले ५ चौका र १ छक्का प्रहार गरेका थिए । गुलशन झाले ५६ बलमा ३४ रन बनाएका थिए ।

सोमपाल ४८ बलमा २१ रन बनाउदै साद विन जाफरको बलमा आउट भएका थिए । ओपनर अर्जुन साउदले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । करणले २८ बलमा २४ रन बनाएका थिए ।

क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिएका थिए । यसअघिका नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो ।

अब नेपालले सोमबार ओमानसँग खेल्नेछ । आठवटा टोलीको सहभागिता रहेको लिग टुमा १४ अंकका साथ क्यानडा शीर्ष स्थानमा छ । नेपाल सात खेलमा दुई अंकका साथ नेपाल अंकतालिकाको पुछारबाट दोस्रोमा छ । छ खेलमा ओमानको पाँच अंक छ ।

प्रतिक्रिया दिनुहोस्