७ आश्विन २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीले न्यूयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित

७ असाेज,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओलीले आज नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनु परेको पनि बताइएको छ ।

यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शुक्रबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका थिए ।

प्रतिक्रिया दिनुहोस्