७ आश्विन २०८१, सोमबार
अर्थ मुख्‍य समाचार समाज

सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड

७ असाेज, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा चारसय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँ कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्