७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाज

हेटौंडा–टेकु रज्नुमार्गले पुर्नजीवन पाउँदै

हेटौंडा । मुलुकमा द्वन्द्वकालीन अवस्थाको मौका छोपेर टाटाको विक्रेता कम्पनी सिप्रदी ट्रेडिङको डिजाइनमा बन्द भएको हेटौंडा–टेकु रज्नुमार्ग (रोपवे) ले पुर्नजीवन पाउने भएको छ । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा परेसँगै हेटौंडा–टेकु रोपवेले पुर्नजीवन पाउने सम्भावना बढेको हो ।

बागमती सरकारले आइतबार सार्वजनिक गरेको ७६ बुँदे न्यूनमत साझा कार्यक्रममा संघीय सरकारसँग सहकार्य र समन्वय गरेर रोपवे सञ्चालनमा ल्याउने उल्लेख छ । चन्द्र शमशेरका पालामा निर्माण भएको रोपवे मकवानपुरको भैंसेस्थित सवस्टेशनमा समस्या आएपछि २०५६ सालदेखि बन्द भएको थियो।

आफैं बन्द भएको भनिए पनि वास्तविकता अर्कै रहेको बताइन्छ । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको लगानी रहेको भारतीय गाडी कम्पनी टाटाको नेपाली विक्रेता सिप्रदी ट्रे डिङले गरेको सेटिङ अनुरुप रोपवे बन्द गरिएको थियो ।

हेटौंडाबाट काठमाडौं दैनिक सयौ बोरा, सिमेन्ट, चिनी, नुन, चामल लगायतका सामान ढुवानी गर्न रोपवे उपयोगी थियो । सिप्रदीले टाटाको ट्रक बिक्री गर्ने योजना अनुरूप रोपवेमाथि षडयन्त्र भएको थियो ।

सिप्रदीमा ज्ञानेन्द्र शाह समेतको लगानी भएका कारण रोपवे बन्द गर्ने योजना सफल भएको र त्यो बन्द भएपछि तत्कालीन समयमा टाटाका ३५ हजार ट्रक बिक्री भएको हेटौंडाका पुराना राजनितिज्ञहरूको भनाई छ ।

चन्द्र शमशेरले हेटौंडा–टेकु रज्जुमार्गअघि १९८३ मा धोर्सिङदेखि मातातीर्थसम्मको पहिलो रञ्जुमार्ग निमार्ण गर्न लगाएका थिए । सिप्रदीको षडयन्त्रमा परेको रोपवे तत्काल चल्न सक्ने अवस्था त छैन तर मुआब्जा दिन नपर्ने भएकोले नयाँ बनाउन सकिने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्