८ आश्विन २०८१, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार

नेपाल प्रिमियर लिगका राखेपमा हेल्प डेक्स

८ असाेज,  काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा हेल्प डेक्स स्थापना गरिएको छ ।

क्यानले आगामी मंसिर १५ देखि पुस ७ गतेसम्म एनपिएल सञ्चालन गर्दै छ।एनपीएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लिग तथा फ्रेन्चाइज लिग सञ्चालन तथा आयोजनासम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरिएको हो ।

राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताए । उनले विदेशी खेलाडीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले काम गर्ने जानकारी दिए ।

क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहजीकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेक्स स्थापना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्