८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार विशेष समाचार समाज

काठमाडौँबाट भारतको राजस्थान जाँदै गरेको बस नवलपुरमा पल्टियो : २३ जना घाइते

८ असाेज,  काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पल्टिँदा २३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणी–१ बस दुर्घटना हुँदा २३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।

बसमा करिब ४५ जना यात्रु सवार रहेकोमा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घाइतेको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

घट्नाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्