८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

गंगालाल अस्पतालको फोहोर संकलनमा रोक : हानिकारक र सामान्य फोहोर एकै ठाउँमा भेटियो

काठमाडौं ।  महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ ।

वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर संकलन केन्द्रमा पुग्दा हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा राखिएको भेटिएपछि हानीकारक फोहर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहर संकलनमा रोक लगाइएको बताइएको छ ।

अस्पतालले फोहर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ ।

फोहर वर्गीकरणमा काम गर्ने व्यक्तिको हातमा पञ्जा नभएको र  चप्पल लगाएर ओहोरदोहोर गरिरहेको समेत भेटिएको महानगरले जनाएको छ ।

अस्पताल पक्षले भने स्रोतमा वर्गीकरण राम्रो भएको दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्