८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

४१ एसपीको सरुवा, १६ जिल्लाका प्रमुख फेरिए

८ असाेज, काठमाडौैं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४१ प्रहरी उपरिक्षक(एसपी)को सरुवा गरेको छ । सरुवामा १६ जिल्लाका प्रमुख फेरिएका छन् ।

कास्कीमा श्यामबाबु ओलीया, सुनसरीमा सुमन कुमार तिमिल्सना, धनकुटामा श्यामसिंह चौधरी, सिराहामा रमेश पण्डित, पूर्वी नवलपरासीमा यादब ढकाललाई पठाइएको छ ।

त्यस्तै, दाङमा अर्जुन तिमल्सिना, भक्तपुरमा माधव प्रसाद बुढाथोकी, मकवानपुरमा विश्वराज खड्का, डोटीमा बिनोद शर्मा, कपिलवस्तुमा निरञ्जनदत्त भट्ट, सप्तरीमा ढकेन्द्र खतिवडा, बर्दियामा केदार खनालको सरुवा भएको छ ।

त्यस्तै, काजमा कार्यरत रहेका सिन्धुलीमा कार्यरत गोविन्दराज काफ्ले, दाङका प्रभु ढकाल, तनहुँका वीरेन्द्र शाही, उदयपुरका एसपी हरिहर नाथ योगीको सोही जिल्लामा सरुवा गरिएको छ ।

   

प्रतिक्रिया दिनुहोस्