९ आश्विन २०८१, बुधबार
अन्तराष्ट्रिय खेलकुद राजनीति समाचार

आईसीसी विश्वकप क्रिकेटः नेपाल र ओमानविरुद्धको खेल रद्द

९ असाेज, काठमाडौँ ।  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा मंगलबार राति ८:४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १-१ अङ्क बाँडेका छन् ।

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत मंगलबार चौथो खेल खेल्न लागेको थियो ।

शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

लिग-२ को अङ्क तालिकामा नेपाल आठ खेलपछि तीन अङ्कका साथ सातौं स्थानमा छ भने ओमान भने सात खेलमा छ अङ्कका साथ छैटौं स्थानमा छ ।

उक्त एकदिवसीय शृङ्खलापछि अब नेपालले क्यानडामै आयोजना हुने क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्