९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भिषण वर्षा हुने

काठमाडौं । बिहीबार दिउँसोबाट आइतबारसम्म देशभर भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको हुने भएकाले पूर्वसावधानी अपनाउन भनेको छ ।

महाशाखाका अनुसार ५६ जिल्लामा भिषण बर्षाको सम्भावना छ । यो वर्षाले धानबालीलाई समेत असर गर्ने जोखिम छ सबैभन्दा धेरै कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षाको सम्भावना छ । मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षा हुने चेतावनी दिइएको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसोदेखि देशभर हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका थोरै स्थान तथा मधेशका एक–दुई स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ भने तराईका केही स्थानमा हावाहुरी चल्नेछ।

शुक्रबार भने देशभरी वर्षा हुनेछ आँकलन छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थान तथा मधेशका थोरै स्थानमा भीषणदेखि अत्यधिक वर्षाको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको आकलन छ ।
शनिबार पनि अधिकांश जिल्लामा वर्षा हुनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। त्यस्तै, आइतबार दिउँसोदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

रेडअलर्ट जारी भएका ५६ जिल्ला
झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर , सिरहा, सप्तरी,पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा,मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके, बर्दिया. जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत, सल्यान, कैलाली, डोटी र अछाम ।

 

प्रतिक्रिया दिनुहोस्