९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

बाजुरामा एक पुरुषलाई बन्दुक प्रहार गरि फरार रहेका प्रवेश पक्राउ

९ असाेज, काठमाडौँ । बाजुरामा बन्दुक प्रहार गर्ने एक जना पक्राउ परेका छन्।

जिल्लाको स्वामीकार्तिक खापर गाँउपालिका–३ का अन्दाजी २७ वर्षीय प्रवेश शाही पक्राउ परेका हन्। प्रहरीका अनुसार शाहीले असोज ५ गते राति स्वामीकार्तिक गाउँपालिका खापर–३ रिवडामा ४० वर्षका धिरेन्द्र शाहीलाई भरुवा बन्दुक प्रहार गर्न खोजेका थिए।

धिरेन्द्रले बन्दुकको नाल समातेर साइड लगाउँदा प्रवेशले बन्दुक पड्काएपछि सोही ठाउँका ५४ वर्षका वीरबहादुर शाहीको निधारमा चोट लागी घाइते भएका थिए। बन्दुक प्रहारपछि भागेका प्रवेशलाई इलाका प्रहरी कार्यालय बुढीनन्दा र इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट खटिएको टोलीले एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्