११ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

११ असाेज, काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही असोज १३ गते आइतबार बस्ने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार बैठक आइतबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

काँग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्