११ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

मौसमका कारण आन्तरिक उडान प्रभावित, अधिकांश विमानस्थल बन्द हुँदा काठमाडौँमा यात्रुको चाप

११ असाेज, काठमाडौँ । मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ । खराब मौसम र कम भिजिबिलिटीका कारण आज (शुक्रवार)का उडानहरू प्रभावित भएका हुन् ।

खराब मौसमका कारण पोखरा, विराटनगर, सिमरा, सुर्खेत, जनकपुर विमानस्थल बन्द छन् । मौसमका कारण बुद्ध एयरको सिमरा गएको जहाज डाइभर्ट भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडानमा कुनै समस्या छैन । तर, देशभरको मौसम खराब भएका कारण आन्तरिक विमानस्थल अवरुद्ध भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार आन्तरिक उडान अवरुद्ध हुँदा गन्तव्यमा जान आएका यात्रुको चाप विमानस्थलमा बढेको छ । खराब मौसमका कारण बिहानै ६ बजे विमानस्थल पुगेका यात्रुसमेत विमानस्थलमा रोकिएका छन् ।

शुक्रवारको माउण्टेन फ्लाइटहरू सबै रद्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्