११ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बैतडीका एक युवक महाकालीमा खसेर बेपत्ता

११ असोज, बैतडी । बैतडीका एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । दसैँ मनाउन भारतबाट घर फर्किने क्रममा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

उनी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेको खुलेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले जानकारी दिए ।

धामी खसेको ठाउँमा सडक माथिबाट पहिरो समेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ । बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्