११ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षण

११ असोज, काठमाडौँ । नेकपा (एमाले) ले चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई विभिन्न विषयमा चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

शुक्रवार विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

 

प्रतिक्रिया दिनुहोस्