११ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

बनस्थली ढुङ्गेधारास्थित खोलामा मोटरसाइकल खस्दा चालक बेपत्ता

Rato Kagaj Logo

११ असोज, काठमाडौँ । बनस्थली ढुङ्गेधारा नजिक मोटरसाइकल खोलामा खस्दा एक जना बेपत्ता भएका छन् ।

बुधबार कामपा १५  ढुङ्गेधारा नजिक रहेको  अन्नपूर्ण चोक स्थित खोलामा बा प्र.–०२–०१८ प २९७३  नम्बरको मोटरसाइकल खसेको र चालक वेपत्ता रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता बिनोद घिमिरेले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो ।

मोटरसाइकल निकालिएको  भएपनि चालक अहिले सम्म फेला पार्न सकिएको छैन ।  चालकको खोजी कार्य जारी रहेको घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्