१२ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

नागढुंगा नौविसे सडक खण्डको झ्याप्ले खोलाको पहिरोबाट १४ जनाको शव निकालियाे

१२ असाेज, काठमाडौँ  । काठमाडौं । नागढुंगा नौविसे सडक खण्डको झ्याप्लेखोला पहिरोमा परेका मध्ये १४ जनाको शव फेला परेको छ । फसेका यात्रु सवारीसाधनको उद्धार कार्य जारि रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार ३ वटा बसबाट ६ पुरुष, ४ महिला र १ बच्चा  र थप ३ शव गरेर ११ जनाको शब फेला परेको हो ।

शनिबार अविरल बर्षाको कारण त्रिभुवनराजमार्ग अन्तरगत चन्दागिरि नगरपालिका वडा नं २ र धादिङको सिमानामा पर्ने नागढुङ्गा नौविसे सडक खण्डको झ्याप्लेखोला पहिरामा सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डरमा खटिएको ३५ जनाको टोलीले ११ जनाको शव निकालेको हो ।

प्रहरीका अनुसार एक हाइस र भारतिय नम्बर प्लेटको मालबाहक ट्रक निकालिएको र २ वटा जेसीबीले हटाउने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्