१३ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

महिला र पुरुषकाबीच समानता कायम हुन नसक्नु दुखद : देव गुरूङ

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले महिला  र पुरुषकाबीच अहिलेको समानता कायम हुन नसकेको बताएका छन् ।

आइतबार महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले संविधानले पनि महिला पुरुष बराबर हुन भनेर भनिरहँदा व्यवहारमा लागु हुन नसकेको बताएका हुन् ।

उनले  भने, ‘महिला विभेद सम्बन्धि समस्या, महिला हिंसा सम्बन्धि समस्याको  बारेमा मुलत सबै राजनीतिक दलहरुको बीचमा सहमति देखिन्छ । संविधानले पनि महिला विभेदका क्रियाकलापहरुलाई मनन गर्नुपर्छ  र स्वीकार गर्नुपर्छ भनेर संवैधानिक व्यवस्था साथै कानूनी व्यवस्थाको पनि सुरुवात गरेको  छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुमा पनि महिला विभेदलाई अन्त्य गर्नुपर्छ भनेर प्रतिबद्धताहरु जाहेर गरेको देखिन्छ । तर अहिलेसम्म महिला सम्बन्धि विभेदहरु अपेक्षित रुपमा समाधान हुन सकेका छैनन् । जति महिला र  पुरुषकाबीचमा समानता पैदा हुनुपर्ने हो त्यो अझै हुन सकेको छैन । व्यवहारमा रुपान्तरण हुन सकेको छैन ।’

साथै  उनले महिला विभेद अन्त्य गर्नकै लागि खडा भएका समस्याहरुलाई खोजेर समाधान गर्नुपर्ने बताए । उनले महिला विभेदका थुप्रै रुपहरुमध्ये महिला हिंसा सबैभन्दा बढि भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्