१४ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाज

फ्रेन्चाइज ग्लोवलले लियो बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट

१४ असोज,  काठमाडौं । फ्रेन्चाइज ग्लोवलले बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट लिएको छ । विभिन्न देशका प्रमुख शहरहरुमा २०० ओटा अन्तर्राष्ट्रिय आउटलेट खोल्ने गरी ग्लोवलले बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट  लिएको हो ।

बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट फ्रेन्चाइज ग्लोबलले लिएको छ । शुक्रबार सो विषयमा दुवै पक्षबीच हस्ताक्षर भएको हो । बाजेको सेकुवा तर्फबाट डाइरेक्टर चेतन भण्डारी र फ्रेन्चाइज ग्लोेबलको तर्फबाट सिइओ  डा. शम्भु पोखरेलले हस्ताक्षर गरेका छन् ।

अब बाजेको सेकुवाको अन्तर्राष्ट्रिय आउटलेट फ्रेन्चाइज ग्लोबलले गर्ने भएको छ.। पहिलो २ वर्षमा विभिन्न देशका प्रमुख शहरहरुमा २०० ओटा अन्तर्राष्ट्रिय आउटलेट खोल्ने फ्रेन्चाइज ग्लोबलको योजना रहेको छ ।

फ्रेन्चाइज ग्लोबलले विभिन्न व्यावसायिक कम्पनीबीच समन्वय गर्ने व्यावसायिक विस्तारका लागि पहल गर्ने स्वामित्व प्रत्यायोजन गर्ने लगायतका कामहरू गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्