१४ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

विरोधका लागि मात्र विरोध भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको बताएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले विपद्को बेला सरकारको लज्जासपद् भूमिका रह्यो भन्ने विरोध छ यसमा के भन्नु हुन्छ भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘विरोधका लागि विरोध भइरहेको छ । सरकारले गर्न सक्नेसम्मको काम गरिरहेकै छ । तत्काल सेना प्रहरी खटाएर उद्धार गरेको छ । बाढी आउँने कुरालाई रोक्न सकिँदैन् । पहिरो पनि पूर्व सूचना दिएर जाँदैन् । पहिरो गएपछि त क्षति पु¥याउने नै भयो । यस्तो संवेदनशील बेलामा सबै मिलेर यथार्थपरक ढंगले लाग्नुपर्छ । ’

उनले आफू बाहिर हुँदा पनि घटनाबारे जानकारी लिइ आवश्यक निर्देशन समेत दिएको स्पष्ट पारे । अब सरकारले अझ प्रभावकारी ढंगले राहत,उद्दारको र पुननिर्माणको काम गर्ने विश्वास दिलाए ।

प्रधानमन्त्री ओली अमेरिकाको ११ दिने भ्रमण सकेर आज स्वदेश फर्केका हुन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्