१६ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

किसानलाई चाँडै राहत उपलब्ध गराउन मन्त्रालय गम्भीरता पूर्वक लागेको छ : मन्त्री अधिकारी 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुलाई राहत दिने कुरामा मन्त्रालयमा गम्भीरता पूर्वक छलफल भइरहेको बताएका छन् ।

बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा हालैको बाढी पहिरोले कृषि क्षेत्रमा पु¥याएको क्षतिका सम्बन्धमा भएको छलफलमा उनले किसानलाई राहत दिने मन्त्रालयमा छलफलको साथै यसको व्यवस्थापनका विषयमा दातृ संस्थाहरु सँग पनि अनुरोध गरेको बताए ।

उनले भने, ‘हालको डाटा अनुसार अहिलेलाई अन्नबालीमा ६ अर्ब रुपैयाँ नोक्सानी भएको छ । तर आगामी दिनमा नोक्सानीमा पर्नु भएका किसानहरुलाई कुन तहको राहत दिन सक्छौ । कसरी दिन सकिन्छ यसतर्फ गम्भीरता पूर्वक सोचेका छौ । मन्त्रालयमा छलफल पनि भएको छ । यसको व्यवस्थापनका विषयमा दातृ संस्थाहरु सँग हामीले अनुरोध गरेका छौ ।’

उनले यस विषयमा समितिबाट जे निर्देशन भएपनि त्यसलाई पालना गर्न मन्त्रालय तयार रहेको बताए ।

यसको साथै, उनले किसानहरु एकदमै पीडामा परेको र के खाने र कसरी बस्ने भन्ने अवस्थामा पुगेको भन्दै यस विषयमा छिटोभन्दा छिटो काम अगाडि बढाउनु पर्ने पनि बताए ।

उनले भने, ‘१२ गते हामीले टेलिफोनमा मात्र सम्पर्क गरेका थियौं । मन्त्रालय अन्तरगत देशभर रहेका सबै तहमा रहेका साथिहरुसँग टेलिफोनमा सम्पर्क भयो र १३ गते मात्र हामी बैठक बस्यौ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो नोक्सानी भएका व्यक्तिहरु जुन किसानहरु हुनुहन्छ । पीडामा परेर टेलिफोनमै रुनु पनि भएको छ । अब हामीले दशैँ कसरी मनाउने र अब के प्राप्त हुन्छ भन्ने खालको प्रश्न पनि आएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्