१७ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाज

च्याम्पियन्स लिगमा फेयेनुर्ड विजयी

१७ असोज, काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा नेदरल्याण्ड्सको फेयेनुर्ड विजयी भएको छ । स्पेनिस क्लब जिरोनाकै मैदानमा फेयेनुर्डले ३–२ गोलको पुनरागमन जीत दर्ता गरेको हो ।

निर्धारित समयमा मिस पेनाल्टी र आत्मघाती गोलहरूले खेललाई थप नाटकीय भने बनाएको थियो ।

पहिलो हाफको तीव्र गति दोस्रो हाफमा पनि जारी रह्यो । जिरोनाले बराबरीको अवसर पाएको थियो, जब मियोव्स्कीले पेनाल्टी प्रहार गरे, तर फेयेनुर्डका गोलरक्षक वेलनरुथरले उत्कृष्ट बचाउ गरे । त्यसपछि, डानजुमाको उत्कृष्ट पासलाई भान डे बीकले गोल गर्दै जिरोनालाई २–२ को बराबरीमा ल्याएका थिए ।

खेलको १९ औं मिनेटमा डेभिड लोपेजले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए ।

२३ औं मिनेटमा एंगल हेरेराले आत्मघाति गोल गरेपछि फेयेनुर्डले बराबरी गरेको थियो । ३३ औं मिनेटमा एन्टोनी मिलाम्बोले गोल गरेपछि पहिलो हाफमा फेयेनुर्डले अग्रता २–१ बनाएको थियो ।

७३ औं मिनेटमा भान डे बीकले गोल गर्दा जिरोनाले खेल २–२ को बराबरीमा ल्याएको थियो ।

तर फेयेनुर्डले ७९ औं मिनेटमा आत्मघाति गोल उपहारमा पायो । जिरोनाका डिफेन्डर क्रेज्चीले हान्कोको क्रसलाई आत्मघाती गोलमा परिणत गरे, जसले गर्दा फेयेनुर्डले ३–२ को अग्रता लियो ।

अन्तिम सम्म जिरोनाले बराबरीका लागि दबाब बनाए पनि फेयेनुर्डले आफ्नो अग्रता जोगाउँदै जित निकाल्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्